एक महिनामा साढे दुई अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

डिसी नेपाल
९ भदौ २०७९ ८:२५

काठमाडौं। एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ। सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो। नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ।

चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *