यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु

डिसी नेपाल
९ भदौ २०७९ ८:४६

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ। उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ। सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ। डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ। साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ।

नेपालले साउन महिनामा मात्र ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ। सो अवधिमा ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ।

विभागका अनुसार साउनमा ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल, ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँको स्टील, ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँको फलाम र २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँको खोप नेपालले आयात गरेको छ।

उक्त अवधिमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल फोन र २ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँको युरिया नेपालले आयात गरेको विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *