बिहिबार घट्यो अमेरकी डलरको भाउ, यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
९ भदौ २०७९ ८:५५

काठमाडौँ। बिहिबार अमेरकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ५० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *