जसपा निकट समाजवादी युवा संघको नयाँ नेतृत्वमा हेमन्त राई

डिसी नेपाल
९ भदौ २०७९ १४:०१

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन्। जनकपुर र काठमाडौं गरि दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले समाजवादी युवा संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो।

समाजवादी युवा संघको केन्द्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हेमन्त राई विभिन्न सामाजिक संस्थामा आबद्द हाल आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक बिभाग प्रमुख एसिया प्यासिफिक युथ प्लाटफर्म उपाध्यक्षको भूमिकामा सक्रिय रहेका छन्।

सात वटै प्रदेश र क्षेत्र समेटेर समाजवादी युवा संघको २५ सदस्यीय केन्द्रीय पदाधिकारी सहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ। संघको बरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाह चयन भएका छन्।

त्यस्तै, दिलिप पटेल महासचिवमा चुनिएका छन भने उप-महासचिवमा आतिश कुमार सिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादवसहित संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएका छन्।

संघको प्रथम राष्ट्रीय भेलामा प्रमुख अतिथि अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, विशिष्ट अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, युवा ईन्चार्ज सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *