कम्युनिष्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्छ : घनश्याम भुसाल

डिसी नेपाल
९ भदौ २०७९ १४:४०

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीको वहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्ने दावी गरेका छन्। त्यसका लागि आफ्ना गल्ती कमजोरी लिएर जनतामाझ जानुपर्ने बताएका छन्।

भुसालले लिखित प्रस्ताव पेश गर्दै वाम आन्दोलन विभाजनबारे पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको प्रस्ताव छ।

भुसालले मंगलबार बसेको एमालेको पाेलिट्व्युराे बैठकमा उक्त प्रस्ताव राखेका हुन्। ‘आज हामी निर्वाचनको सम्मुख छौँ । हामीले के बुझ्नु पर्छ भने केवल निर्वाचनले मात्रै अहिले देखापरेका सब्कटको समाधान हुँदैन । दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमकासाथ कम्युनिष्ट पार्टीको वहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्छ।’

भुसालले भनेका छन् ‘यो दायित्व सबै कम्युनिष्टहरुको काँधमा आएको छ। अर्थात्, सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु आजकोसबैभन्दा ठूलो कार्यभार हो।’ यसका लागि एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा वा एकता बन्ने भएकाले एमालेले नै यसको पहलकदमी पनि लिनुपर्ने उनको भनाइ छ।

भुसालले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एसबाट त्यो सम्भव नहुने तर्क गरेका छन्। उनले अझै पनि वामपन्थी दलहरू एकजुट भएर जनताबीच स्वेतपत्र जारी गरेर जाने हो भने दुईतिहाइ बहुमत प्राप्त हुने दाबी गरेका छन्।

‘मैले पार्टीमा उठाएका प्रश्नहरू पार्टीको भविष्यसँग सम्बन्धित छ। व्यक्तिगत रूपमा लिनु/दिनु छैन। विचारको कुरा उठाउँदा म कहाँ पर्छु मेरो भविष्य के हुन्छ कोसँग मिल्दा/नमिल्दा मलाई लाभहानि हुन्छ भन्ने हिसाब-किताब मैले गरेको छैन,’ उनले प्रस्तावमा लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *