संस्कृतिले भरिएको उपत्यकाको एउटा अंश ‘भक्तपुर’ {फोटोफिचर}

डिसी नेपाल
९ भदौ २०७९ १५:०४

काठमाडौं । पृथ्वीनारायण शाहले नेपालको वर्णन गर्दा भनेका थिए ‘नेपाल चार जात छतिस वर्णको साँझा फूलबारी हो।’ पृथ्वी नारायण शाहको यो भनाइ साँच्चै नै सार्थक छ। यहाँ हिमाल, पहाड, तराईको भौगोलिक विविधतासँगै यहाँ बसोबास गर्ने जातजातिका मानिसहरुमा पनि विविधता पाइन्छ।

ती मानिसहरुको चालचलान, भेषभूषा, बोलीचाली, रहनसहन, सँस्कार सँस्कृतिको पनि विविधता यहाँ पाउन सक्छौं। यस्तै नेपालको उपत्यका भित्रको एउटा अंश भक्तपुरमा पनि यस्तै सांस्कृतिक विविधता हामीले पाउन सक्छौं। यहाँ नेवार समुदायको बाहुल्यता पाइन्छ। यस समुदायमध्ये पनि भगवान गौतम बुद्धका अनुयायीहरुले विशेष रुपमा धेरै पर्वहरु मध्ये गुँला पर्व आज भव्यताका साथ मनाउँदैछन्।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धको पूजा गरी एक महिनासम्म गुँला पर्व मनाउँदै छन्। साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा भगवान बुद्धको भजनकीर्तन गरेर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी लाख बत्ती बाल्ने चलन रहेको छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ।

पर्वको अवसरमा नौ बाजा बजाउने प्रचलन छ। तर प्रमुख विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । यस्तै धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाउने गरिन्छ। पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन रहेको छ। । भक्तपुरका बुद्ध धर्मालम्बी नेवार समुदायले आज विशेष पूजाआज गरि गुँला पर्व भव्यताका साथ मानएका छन्।

तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *