सेयर बजार राताम्मे, १८.३० अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
९ भदौ २०७९ १५:१८

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १८.३० अंकले घटेर २ हजार ०३९.५४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ। यसको आज ११ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ। आजको कारोबारमा रुरु जलबिद्युत परियोजना र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, मैलुङ्ग खोला जलबिद्युत र मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *