शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० भदौ २०७९ ८:५९

काठमाडौँ। शुक्रबार अमेरकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ १२ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ९६ पैसा र बिक्री दर १५१ रुपैयाँ ६७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८  रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५४ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *