एक महिनामा ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक नेपाल भित्रियो

डिसी नेपाल
१० भदौ २०७९ ९:१४

काठमाडौँ। नेपालमा एक महिनामा विभिन्न देशबाट ७६ करोड रुपैयाँभन्दा बढीको ल्यापटप र नोटबुक भित्रने गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको ल्यापटप र नोटबुक नेपालमा भित्रिएको हो।

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ। सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ।

नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ। गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ।

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *