हकप्रद सेयर ल्याउने प्रस्तावसहित आज नेसनल हाइड्रोपावरको विशेष साधारण सभा बस्दै

डिसी नेपाल
१० भदौ २०७९ ९:३३

काठमाडौँ। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको आज विशेष साधारण सभा बस्दैछ। गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेअनुसार आज विशेष साधारण सभा बस्न लागेको हो।

सभा काठमाडौंको बालुवाटारस्थित डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ।

सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरिसकेको छ । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *