हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
१० भदौ २०७९ १०:४१

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय तोकिएको छ।

बिहिबार प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार एक सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *