नेपाल टस जितेर फिल्डिङमा

डिसी नेपाल
१० भदौ २०७९ १६:३१
28
Shares

काठमाडौं। केन्याविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

केन्याविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, आदील आलम, बसिर अहमद


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *