प्रिमियर लिगः लिभरपुलको सहज जित

डिसी नेपाल
१२ भदौ २०७९ ७:३०
40
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९-० को जित निकालेको छ। लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे। यस्तै, हार्भे इलियोट, टे«न्ट एलेक्सजाण्डर अर्नाेल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे।

बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल गरे। पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो। जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ । बर्नेमाउथ ४ खेलबाट तीन अंक सहित १६औं स्थानमा छ।

यस्तै अन्य खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकाले। ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍याे।

अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४*२ को जित निकाल्यो। यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए।

यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित गर्‍याे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *