२५७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको सङ्ख्या ३ हजार १४६पुग्यो

डिसी नेपाल
१४ भदौ २०७९ १८:३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै सक्रिय संक्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *