प्रधानमन्त्री देउवाद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन

डिसी नेपाल
१५ भदौ २०७९ १८:१८
68
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकप क्रिकेटको ट्रफी अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले ट्रफी अवलोकन गरेका छन् । बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो।

टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो। विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वका १३ देश का ३५ स्थानमा प्रदर्शनी हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *