एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

डिसी नेपाल
१६ भदौ २०७९ १२:१६
160
Shares

धनगढी। एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो। एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन्।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए। ‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’

आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *