यात्रुले नग्न फोटो पठाएपछि रिसाएका पाइलटले यात्रुहरूलाई बीचमै ओरालिदिने धम्की दिए

डिसी नेपाल
१६ भदौ २०७९ १५:१३

काठमाडौं । विमानमा सवार यात्रुको कार्यबाट एक पाइलट यति विचलित भएका थिए कि उनले उडान रद्द गर्ने चेतावनी दिए। यति मात्र होइन, उनले यात्रुलाई झार्ने चेतावनी समेत दिएका छन् । वास्तवमा केही यात्रुले एयरड्रप मार्फत पाइलटलाई नग्न तस्विर पठाइरहेका थिए । उनीहरूको यो कार्यले पाइलट रिसाए ।

एयरड्रपमार्फत आईफोन प्रयोगकर्ताहरूले वाइफाइ वा सेलुलर डाटा प्रयोग नगरी पनि अन्य एप्पल प्रयोगकर्ताहरूलाई डिजिटल फाइलहरू पठाउन सक्छन्। न्युयोर्क पोस्टको रिपोर्ट अनुसार यो मामिला साउथवेस्ट एयरलाइन्सको हो। विमान मेक्सिको जाँदै थियो। त्यसमा रहेका यात्रुहरूले पाइलटलाई नग्न तस्विर पठाउन थाले । पाइलटले इन्टरकममा यस बारे चेतावनी दिए। उनले यात्रुहरूले फोटो पठाउन नरोकेमा मेक्सिकोको उडान रोक्ने बताए।

पाइलटको यो चेतावनी विमानमा रहेका एक यात्रुले आफ्नो क्यामेरामा रेकर्ड गरी टिकटकमा पोस्ट गरेका थिए । यो क्लिप पोस्ट भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल भयो। भिडियोलाई हालसम्म २० लाखभन्दा बढीले हेरेका छन् ।

भिडियोमा पाइलटले भनेका छन् ‘तपाईं (यात्रु)हरूले नग्न तस्बिरहरू पठाउन जारी राख्नुभयो भने सबैजना विमानबाट ओर्लनुपर्छ । हामीले सुरक्षालाई बोलाउनुपर्नेछ र तपाईंको छुट्टी बर्बाद हुनेछ।’

भाइरल भिडियोलाई लिएर एयरलाइन्स कम्पनीले पनि प्रतिक्रिया दिएको छ । साउथवेस्ट एयरलाइन्सले यात्रु र कर्मचारीहरूको सुरक्षा र कल्याण हाम्रो टोलीको सधैं उच्च प्राथमिकता रहेको बताएको छ।

रिपोर्टका अनुसार पछिल्ला महिनाहरूमा अन्य केही एयरलाइन्सहरूमा पनि यस्तै घटनाहरू भएका छन् जहाँ यात्रुहरूले एयरड्रप मार्फत पाइलटलाई सन्देश वा तस्बिर पठाएका थिए र जसका कारण पाइलट समस्यामा परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *