६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका ब्वायफ्रेण्ड आफ्नै दाजु परेपछि…

डिसी नेपाल
१८ भदौ २०७९ १५:२९

काठमाडौं । ६ वर्ष एक युवकसँग डेट गरेपछि युवतीले यस्तो सत्य थाहा पाइन् कि छक्क परिन् । वास्तवमा केटीको प्रेमी वास्तविकतामा उनको दाजु निस्किए। युवतीले रेडिट पोस्टमा यसबारे विस्तृत जानकारी दिएकी छिन् । युवतीले लेखेकी छिन्– मैले हालै थाहा पाएकी छु कि मैले ६ वर्षदेखि डेट गरेको केटा मेरो जैविक दाजु हो । म ३० वर्षको छु र मेरो दाजु ३२ वर्षको छन् । अब मलाई धेरै अनौठो लाग्छ।

युवतीले थप भनिन्–‘मलाई बाल्यकालमा नै धर्मपुत्री बनाइएको थियो । यो कुरा हाईस्कुल पुगेपछि थाहा भयो ।’ युवतीलाई उनका प्रेमीले आफू पनि धर्मपुत्र भएको बताए । जसका कारण दुईजना नजिकिए । उनले भने, ‘हामी दुवैलाई हाईस्कूलमा नै एडप्ट गरिएको कुरा थाहा भयो । हामी दुबै भाग्यमानी थियौं कि हामीले राम्रो परिवार पाएका थियौं।’

युवतीले भनिन्– हाम्रो सम्बन्ध अहिलेसम्म धेरै राम्रो छ । हामीले एकअर्कालाई चाँडै बुझ्न थाल्यौं। त्यसपछि हामी दुबै एकअर्काको नजिक भयौं ।

डेलीस्टारका अनुसार युवतीले पोस्टमा यसअघि आफू यति चाँडो कसैको नजिक नभएको बताएकी छन् । अहिले युवतीलाई लाग्छ कि दाजु भएकोले उनीसँग धेरै सहज थिइन् । दुवैले सँगै एनिभर्सरी मनाएको र एकअर्कालाई ‘आई लभ यू’ भनिरहने गरेको उनले बताइन् ।

डीएनए परीक्षणबाट आफू र प्रेमीबीचको वास्तविक सम्बन्धबारे जानकारी प्राप्त भएको युवतीले बताइन् । उनले भनिन्–हामीले हाम्रा वास्तविक अभिभावकको बारेमा जान्न चाहन्थ्यौँ । तर त्यसअघि नै हामी दुवैको दाजुबहिनीबीचको सम्बन्ध खुल्यो । म चकित भएको थिए। अहिलेसम्म मैले यो कुरा मेरो प्रेमीलाई भनेकी छैन ।

अब केटीले यो परीक्षण गलत हो कि भन्ने आशा राखेकी छिन् । दुवै जना छिट्टै पुनः परीक्षणका लागि जानेछन् । युवतीको यो खुलासालाई लिएर कमेन्ट सेक्शनमा मानिसहरुले आश्चर्य पनि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– विश्वमा ७ सय करोड मानिस छन्, समस्या के छ ? अर्काले लेखेका छन्–‘दुबैको गल्ती होइन, तर अब दुवै सँगै बस्न सक्ने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *