शासन सत्ता र कांग्रेसमा आरजुको दबदबा, निरीह देउवा

शरद रिजाल
१९ भदौ २०७९ ६:४६

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका कार्यकारी प्रधानमन्त्री हुन्। संविधानले कार्यकारीको अधिकार प्रधानमन्त्रीलाई दिएको छ।

मुलुकको पाँचौं पटक कार्यकारी प्रधानमन्त्री बनेका देउवा भन्दा उनकी पत्नी आरजू देउवा शासन सत्तामा हावी भएको सार्वजनिक टिप्पणी हुने गरेको छ। शासन सत्तादेखि पार्टीभित्रको राजनीतिमा पनि आरजू हाबी हुँदा कांग्रेसका इमान्दार कार्यकर्ता निरीह बनका छन्।

पछिल्लो समय बालुवाटारदेखि सानेपासम्म आरजुकै बोलवाला मात्र चल्ने कांग्रेसकै नेताहरु बताउँछन्। कांग्रेसको गठबन्धनको बैठकका निर्णयसम्म आरजुकै इच्छा मुताविक हुने कांग्रेस नेताहरुको गुनासो छ।

‘शेरबहादुर दाइ भन्दा भाउजु’ हाबी भएको भन्दै देउवाइतर समूहका कांग्रेस नेताहरु एक आपसमै टिकाटिप्पणी समेत गर्ने गर्दछन्। कांग्रेस भित्रै देउवाको उत्तराधिकारी आरजुलाई नै बनाउन चाहेको समेत कतिपय सन्दर्भमा चर्चा हुने गरेको छ।

केही समय अगाडि भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुको दिल्लीमा भएको भेटलाई लिएर कतिपयले दुईबीच आलोपालो प्रधानमन्त्रीको अघोषित सहमति समेत भएको चर्चा भएको थियो। सोही बिषयमा स्पष्टीकरण दिँदै गत साउन १९ गते रिपोर्टस क्लबमा कांग्रेस नेता मिन बिश्वकर्माले आरजु पनि प्रधानमन्त्री हुन योग्य रहेको भन्दै बचाउ गरेका थिए।

देउवा निकट नेता बिश्वकर्माले आरजु पनि प्रधानमन्त्री बन्न सक्ने योग्य उम्मेदवार रहेको बताएका थिए। उनको आशय देउवाको मनोकांक्षा आरजुलाई कांग्रेसको नेतृत्वदायी तहमा पुर्‍याउन उद्धत छ। नेता बिश्वकर्माले कार्यकारी प्रधानमन्त्री बन्ने आरजुको चाहनालाई सांकेतिक रुपमा दर्शाइ सकेका छन्। उनी देउवाका अत्यन्त निकट नेताका रुपमा चिनिन्छन्।

मुलुकको पाँचौं पटक कार्यकारी प्रधानमन्त्री बनेका देउवा भन्दा उनकी पत्नी आरजू देउवा शासन सत्तामा हावी भएको सार्वजनिक टिप्पणी हुने गरेको छ। शासन सत्तादेखि पार्टीभित्रको राजनीतिमा पनि आरजू हाबी हुँदा कांग्रेसका इमान्दार कार्यकर्ता निरीह बनका छन्।

केही दिन अगाडि एमालेका नेता महेश बस्नेतले समेत वर्तमान सरकारलाई ‘भाउजु सरकार’को संज्ञा दिएका छन्। उनले एक कार्यक्रममा देउवा नेतृत्वको सरकारलाई ‘भाउजु सरकार’ भन्दै आगामी निर्वाचन मार्फत बिस्थापन गर्नुपर्ने समेत बताएका थिए।

देउवाकै पूर्वस्वकीय सचिव समेत भइसकेका कर्ण मल्ल देउवाले बिपी, गणेशमान र किशुनजीको बाटोमा नभइ पछिल्लो समय आरजुपथमा हिँडेको आरोप लगाउँछन्।

देउवालाई कांग्रेसको सिद्धान्त र बिपीको बिचारलाई तिलाञ्जली दिएर आगामी निर्वाचन पश्चात श्रीमती आरजुलाई प्रधानमन्त्री बनाउन उद्धत रहेको उनको आरोप छ। हाल बिपी कांग्रेसमा रहेका उनी कुनै समय देउवाका प्रियपात्र थिए। देउवासँग भन्दा पनि आरजुकै कारणले उनी कांग्रेसबाट अलगिएको बताइन्छ ।

चुनावमा नेताहरुलाई टिकट बाँडफाँटमा समेत आरजु हाबी हुने भन्दै देउवा इतरको टिममा अधिकांश नेताहरु देउवासँग भन्दा आरजुबाटै त्रसित रहेको कांग्रेस वृत्तमा चर्चा हुने गर्दछ। यसपालीको निर्वाचनमा देउवाको चाहनाले भन्दा नै टिकट प्रदान गर्ने मापक आरजुकै मनोकांक्षा हुने भन्दै इतर समूह चिन्तित छन्।

सर्वाधिकार आरजुमै केन्द्रित रहेको भन्दै शेखर कोइराला समूह शसंकित बनेको छ। पछिल्लो समय कांग्रेसका देउवा इतरका नेताहरु सिट बाँडफाँटमा आरजु हाबी भएकाले आफूहरुको संभावना न्यून हुने भन्दै चिन्तित छन्।

कांग्रेसका देउवा इतर समुहका एक नेताले शेरबहादुर देउवा भन्दा आरजु हाबी भएको भन्दै आगामी निर्वाचनमा टिकट बाँडफाँटमा आरजु नै निर्णायक हुने दाबी गरे। ‘पछिल्लो समय सभापतिका कतिपय निर्णयमा उहाँ नै हाबी भएको जस्तो देखिन्छ। यसको प्रभाव आगामी निर्वाचनको टिकट वितरणमा नदेखिएला भन्न सकिदैन’, ती नेताले संशय ब्यक्त गरे।

यी र यस्तै कारणले सशंकित पार्टीको देउवा इतर समूहले एमाले अध्यक्ष केपी शर्मा आलीसँग समेत भेटवार्ता गरेको छ। बिहीबार एमाले अध्यक्ष ओलीसँग भटवार्ता गरेका देउवा इतरका नेता शेखर कोइरालाले ओलीसँग देउवाले आरजुकै सल्लाह अनुरुप आफूहरुलाई बेवास्ता गरि गठबन्धनलाई मात्र प्रश्रय दिएकाले देउवामाथि दबाव बढाउन भेट गरेको बताइएको छ।

भेटमा सहभागी एक नेताका अनुसार देउवाले गठबन्धनलाई नै प्राथमिकता दिएर आफू इतर समूहलाई बेवास्ता गरेकाले भेटवार्ता भएको हो। देउवाले आफूहरुलाई पेलेरै जाने मनस्थिति बनाएकाले अन्तिम अबस्थामा अप्रिय निर्णय गरेरै एमालेसँग भए पनि तालमेल गर्न सकिन्छ भनेर सांकेतिक रुपमा दबाव बढाउन उक्त भेटवार्ता कोइराला समूहले गरेको हो।

भेटमा कोइरालाले टिकट बाँडफाँडमा हद भन्दा बढी लचिलो भएर गठबन्धनका अन्य दललाई बढी सिट दिन लागिएको भन्दै असन्तुष्ट छ। कांग्रेस निकट सा्रेतका अनुसार देउवालाई आफ्नै पार्टीका नेताहरुको चाहना बेगर गठबन्धनसँग सिट बाँडफाँटमा लचिलो भइ सहमति गर्न आरजुको दवाब बढेको हो। कैलाली क्षेत्र नम्बर ५ बाट एकल उम्मेदवार सिफारिस भएकी आरजुलाई गठबन्धन बेगर निर्वाचनमा गएर जित हासिल गर्नु चुनौतीपूर्ण छ।

उनको क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्तिको बलियो उपस्थिति गएको स्थानीय निर्वाचनमा देखिएको छ। यसपटक उन्मुक्तिबाट लक्षमण थारुले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। २०७४को निर्वाचनमा जेलबाटै उम्मेदवारी दिएका थारुले ६ हजार माथि मत ल्याएका थिए। यस पटक थारु सार्वजनिक रुपमा चुनावी मैदानमा उत्रिएका छन्।

अघिल्लो निर्वाचनमा एमालेका नारदमुनी रानासँग पराजित भएकी उनी यस पटक चुनाव जित्ने ध्याउन्नमा छिन्। त्यसैले उनलाई आगामी निर्वाचनमा गठबन्धन अनिवार्य देखिएको छ।

पार्टी भित्रदेखि यसै गरी बालुवाटारसम्म आरजुकै बर्चस्व रहेको कांग्रेसका अर्का एक नेता बताउँछन्। केही दिन अगाडि सामाजिक कामले प्रधानमन्त्री देउवालाई भेट गर्न खोज्दा समय नपाएको भन्दै कांग्रेसका ती नेताले तिक्तता ब्यक्त गरे। उनले देउवालाई भेट्न खोज्दा आरजुले कुनै फाइदा नहुने महत्वहीन भन्दै भेट गर्न समय नदिएको ती नेता बताउँछन्।

कुनै महत्वपूर्ण आर्थिक लाभ या राजनीतिक महत्वको काम भएमात्र भेट गर्न चाहने अन्यथा सामाजिक कामलाई महत्व नदिएको भन्दै ती नेताले असन्तुष्टि पोखेका हुन्। नाम उल्लेख नगर्ने शर्तमा ती नेताले डिसी नेपालसँग भने, ‘सुदुरपश्चिमकै नेताहरुलाई समेत आफ्नो अनुकुलको हो होइन कित्ताकाट गरेर मात्रै प्रधानमन्त्रीसँग भेट गर्ने समय तय गरिन्छ । उहाँकै सचिवालय समेत निकटको हो होइन निक्र्यौल गरेर मात्रै समय मिलाइने गरिएको रहेछ।’

उनले अगाडि भने, ‘सुरुमै कर्ण मल्ल निकट या कांग्रेस (बिपी) वालाहरु हो कि होइन भन्दै उहाँ उनीहरुको त नामै सुन्न चाहनुहुन्न भनेर सचिवालयबाट जानकारी आयो । हामी आफ्नै प्रदेशबासीलाई त यस्तो छ अरुलाई झन् के होला ?’

प्रधानमन्त्रीको भेटघाटको समयदेखि पार्टीको आन्तरिक समिकरण मिलाउन समेत आरजुको आर्शीवाद आवश्यक पर्ने गर्दछ । ती नेताका अनुसार प्रधानमन्त्रीको सचिवालय समेत आरजुकै निर्देशनबमोजिम काम गर्ने गर्दछ। पार्टीबाट टिकट लिन समेत आरजु रिझाउनु पर्ने बाध्यात्मक स्थिति रहेको ती नेताको भनाइ छ।

उनको चाहना बेगर देउवाले कुनै निर्णय नगर्ने कांग्रेसकै कोइराला निकट सा्रेत बताउँछ। पार्टीभित्रै सिटको भागबण्डा समेत आरजुकै निर्देशन अनुरुप आफ्नो समूहलाई बढी र इतरका अन्यलाई कम सिटमा चित्त बुझाउनुपर्ने अबस्था आउने भन्दै शेखर समूह शसंकित छ।

गठबन्धनको सिट बाँडफाँटमा कांग्रेसले अपनाएको लचकता आरजुकै निर्देशन अनुरुप भएको कोइराला समूहको बुझाइ छ। उनको इच्छाविपरीत जान देउवाले हिम्मत नगर्ने स्रोतको दाबी छ। पछिल्लो समय १०० सिटको बटमलाइनबाट कांग्रेस पछाडि हटेको छ। यद्यपि सङ्ख्यामा भने अझै सहमति जुटिसकेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *