भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण

डिसी नेपाल
२० भदौ २०७९ १०:४९
60
Shares

काठमाडौं। पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले जङ्गी अडुडामा सम्मान गारतको निरीक्षण गरेका छन्। नेपाली सेनाको एक टुकडीले आज विहान सैनिक मुख्यालय जङ्गी अड्डामा उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

त्यसअघि उनले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रदाञ्जली अर्पण गरेका थिए। भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणको सिलसिलामा आइतबार पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो नेपाल भ्रमण हो।

उनलाई आज राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यहीं उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग पनि औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *