बुटवलको योगिकुटीमा एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न

डिसी नेपाल
२३ भदौ २०७९ १७:१८
76
Shares

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम बुटवलको योगिकुटीमा सम्पन्न भएको छ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रोटरियन मुक्तिराम पन्थी र रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सका अध्यक्ष रोट्रर्याक्टर योगेन्द्र कडेलको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरीका वरिष्ठ उपरिक्षक खिमानन्द खनाल, एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकाल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका उपाध्यक्ष रोटरियन बाबुराम बोहोरा, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटरियन यादव भण्डारी, रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटियन बिमल ढकाल लगायतले मन्तव्य राखेका थिए।

एम्स कलेज अफ म्यानेजमेन्ट बुटवलको सहकार्य र ट्राफिक प्रहरी कार्यालय बुटवलको समन्वयनमा सम्पन्न कार्यक्रमको शुभारम्भ रोटरी डिष्ट्रिकका प्रोजेक्ट चेयर रोटरियन एजाज आलमले ट्राफिक सचेतनाको फ्लायर ट्राफिक प्रहरीलाई र संवयमसेवकहरूलाई हस्तान्तरण गरेर गरेका थिए।

कार्यक्रको संचालन रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव रोटरियन निरज पाण्डे र स्वागत मन्तव्य कार्यक्रमका संयोजक रोट्रर्याक्टर किरण ढकालले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *