पहिले गर्लफ्रेण्डको लागि ३७ लाख रूपैयाँ खर्च गरे अनि ब्रेकअप गरेर छोडिदिए

डिसी नेपाल
२७ भदौ २०७९ १४:४२

काठमाडौं । आमा र परिवारका अन्य सदस्यले प्रेमिकालाई मन नपराएको भन्दै एक युवकले आफ्नी प्रेमिकासँग सम्बन्ध तोडेका छन् । तर, ब्रेकअप हुनुअघि ती पुरुषले प्रेमिकाको लागि करिब २३ लाख रुपैयाँ खर्च गरेका थिए । युवती आफैले भिडियो सार्वजनिक गरेर यो कुरा खुलाएकी छिन् ।

पिया ब्लोसमले टिकटक भिडियोमा यो सम्पूर्ण घटनाबारे बताएकी छिन् । एक्सको कार्यका कारण उनले पुरुषको बारेमा पनि कडा टिप्पणी गरिन्। पियाले भनिन्– पुरुषहरु भ्रममा पर्छन् ।

द सनका अनुसार भिडियोमा पियाले भनिन्, ‘ब्रेकअप हुँदा एक्सले पहिला ममाथि करिब १५ लाख र त्यसपछि २२ लाख रुपैयाँ खर्च गरेको थियो । स्पष्ट रूपमा एक्स धेरै धनी छ र यो खर्चले उसलाई धेरै असर गरेको थिएन।’

पियाले थप भनिन्- ‘मलाई लाग्छ एक्स धनी छन् किनभने उनको कार धेरै विलासी छ। यसबाहेक कुनै विशेष अवसर बिना पनि उनी मलाई महँगो ठाउँमा लैजान्थे । जुन हप्ताको हाम्रो ब्रेकअप भयो त्यो हप्ताको सुरुमा उनले मलाई धेरै महँगो उपहारहरू ल्याउन थाले। मलाई यो पूर्णतया अनौठो लाग्यो।’

पियाले भनिन्– ‘अचानक उनलाई मेरो घरको वार्डरोब, ओछ्यान, ऐना र किताबको अलमारी मन परेन । उनले सम्बन्धको अन्तिम हप्तामा सबै कुरा परिवर्तन गरे। उनले पुरानाको सट्टा नयाँ चीजहरू ल्याए।’

यी सबै कुरा मिलाएर ब्रेकअपको दिन आयो । पियाले भनिन्–‘मलाई हाम्रो सम्बन्ध निकै राम्रो मोडमा पुगेको महसुस भयो । म सोचिरहेको थिएँ कि मेरो लागि यति धेरै खर्च गरेर पनि किन कसैले मसँग ब्रेकअप गर्ला ? यो धेरै अनौठो थियो।’

पियाले ब्रेकअप अघि भएको खर्चको बारेमा सोध्दा ती व्यक्तिले ‘म छोड्नुअघि तिम्रो फ्ल्याट र अन्य कुरा मिलाउन चाहन्छु’ भने । पियाले ब्रेकअपको कारण सोध्दा एक्सले आफ्नी आमा र परिवारका अन्य सदस्यलाई पिया मन नपर्ने बताए ।

भिडियो पोष्टमा पियाले लेखेकी छिन्–‘मेरो भगवान एक्सले ब्रेकअप हुनुअघि मलाई लग्जरी बेडसिट, गहना र भर्सेसको झोला किनेका थिए । पुरुषहरू भ्रमित हुन्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *