सुरही खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

डिसी नेपाल
२९ भदौ २०७९ १७:२२

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ ।

चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ । हरेक वर्ष असारदेखि भदौसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था छ । अन्य समयमा स्थानीय तहले ठेक्कामार्फत तथा आवश्यक राजश्व बुझाएर मात्रै उत्खनन र निकासी गर्न पाइने प्रावधान छ । रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी हुँदा राजश्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले जोखिम बढाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बालुवा तस्करी गर्नेलाई कानुनी कारवाही गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *