माेडल सुजाता पाण्डेकाे हट पाेज (तस्वीरसहित)

डिसी नेपाल
३० भदौ २०७९ ७:२१
1.1k
Shares

काठमाडौं। भेटनरी डाक्टरको अध्ययनसँगै मोडलिङ र गायनमा आफुलाई अब्बल साबित गर्न सफल बनेकी मोडल तथा नव गायिका हुन् सुजाता पाण्डे।

मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ। मनोरंजन क्षेत्रमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। त्यही अनुरुप आफ्नो कला क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन सुजाता पाण्डे।

राजधानी काठमाडौं शहर, सपनाको शहर जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ र गित संगीत क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ। त्यस्तै चाहना लिएर गायन र मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन सुजाता पाण्डे अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन्।

अभिनय तथा नृत्यमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन्। बहुप्रतीभा भएकी बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो। सुजाता हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन। मोडल सुजाता भन्छिन यदि कुनै चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउँछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *