फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त पुष्प खड्का, स्मारिकासँग ‘हेल्लो हाई डार्लिङ’

डिसी नेपाल
३० भदौ २०७९ १२:०४
132
Shares

काठमाडौँ। अभिनेता पुष्प खड्का फिल्मसँगै म्युजिक भिडियोमा पनि व्यस्त छन्। उनले दुवै काम सँगसँगै अघि बढाएका छन्। म्युजिक भिडियोबाटै फिल्ममा प्रवेश गरेका उनीसँग हाल दर्जन बढी म्युजिक भिडियो रहेको छ।

गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ। राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड छन्। डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीतमार्फत प्रस्तुत गरेका छन्। ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीतअनुसार नै भिडियो तयार भएको छ’ गायक बुद्धिमानले भने।

सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। उनले गीतमा पुष्प र स्मारिकालाई राम्रै नृत्य गराएका छन्। ‘गीतमा प्रेम व्यक्त गरिएको छ। साथै प्रविधिलाई पनि जोडे अनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ उनले भने। गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन्। यसमा बुद्ध लामाको छायांकन, निम बाबु तामाङको कोरियोग्राफी, विकास धमलाको सम्पादन, विनिता कठायतको स्टाइलिङ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *