तत्काल निर्णय नगरे नेपालीलाई छुट्याएको ‘अग्निपथ’को सीट फिर्ता हुन्छ
काठमाडौं
भारतीय सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका लागि तत्काल निर्णय गर्नु पर्ने बताएका छन्। नेपालले समयमै ‘अग्निपथ’ विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने उनले बताएका छन् ।
अग्निपथ अन्तर्गत भदौ ९ गते बुटवलमा र भदौ १६ गते धरानमा तय गरिएको गोर्खा भर्ती सरकारले रोकेको छ। जसले गर्दा नेपालबाट गोर्खा भर्ती प्रक्रिया अघि बढ्न सकेको छैन।
नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय सेनाध्यक्ष पाण्डेले यदि नेपालले स्वीकृती नदिए गोर्खाका लागि छुट्याइएका सीट अन्यत्र बाँडिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।
नेपालबाट ‘अग्निपथ’ मार्फत ४० हजार जनालाई छनोट गर्ने योजना छन्। जसमा डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारलाई तालिम दिने भारतको योजना रहेको उनले जनाएका छन्। अग्निपथको योजना लागू हुनुअघि नै गोर्खा भर्तीको संख्या घटाइएको थियो। यसअघि चार हजार जना भर्ती हुने गरेको भए पनि घटाएर एक हजार पाँच सयमा झारिएको छ।
भारतीय सेनाध्यक्ष पाण्डेले नेपालमा मंसीरमा हुने निर्वाचन पछि यस विषयमा निर्णय हुनसक्ने विश्वास गरेका छन्। उनले भने, “हामीले आफ्नो योजनाबारे नेपाललाई बताइसेका छौं। चार वर्षपछि अग्निभीरहरूले सेवा निधि अन्तर्गत भारु ११.७ लाख पाउनेछन्। अब यो नेपालको आफ्नो निर्णय हो।”
अग्निवीरमा छनोट भएका युवाले चार वर्ष सेवा गर्नेछन्। त्यसपछि २५ प्रतिशतले भारतीय सेनामा भर्ना पाउनेछन् भने ७५ प्रतिशतलाई रकम दिएर घर पठाइनेछ। नेपालले यसमा असहमित जनाएको छ।
भारत, बेलायत र नेपालको त्रिपक्षीय सम्झौताअनुसार, नेपालीले भारतीय र बेलायती सेनामा सिधै भर्ना पाउने व्यवस्था छ। अग्निपथ मार्फत जाँदा चार वर्षपछि फिर्ता हुने युवाको भविष्यका विषयमा सोच्नुपर्ने नेपालको तर्क छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment