महिलाले बोकेको झोला चेक गर्दा भेटियो करिब २८ किलो चरेस

डिसी नेपाल
३० भदौ २०७९ १५:११

काठमाडौं । पर्सा प्रहरीले करिब २८ किलो चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मनहरी गाँउपालीका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा रहेका छन् ।

उनीहरूलाई पर्सा जिल्ला पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । बुधबार साँझ ७ः३० बजे प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकेर जाँच गरेको थियो ।

जाँच गर्दा ८ केजी६९० ग्राम, ५ के जी ११० ग्राम र १३ केजी ८०० ग्राम चरेश फेला पारिएको गिरीले बताए । महिलाहरुले बोकेको झोलामा चरेस फेला परेको केसीले बताए । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *