देशभर ११० जना कोरोना संक्रमित थपिए , एकको मृत्यु

डिसी नेपाल
३१ भदौ २०७९ १७:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो । जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *