पेस्तोलसहित रुपन्देहीबाट एक जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०७९ २१:११

बुटवल । रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई नियन्त्रणमा लिएको हो ।

बाग्लुङ दगातुन्डाँडा घर भइ बुटवल उप–महानगरपालिका ८ सुख्खानगर बस्ने सलामीको साथबाट रिभल्वर पेस्तोल १ थान, सोही रिभल्वर पेस्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुमती लिई अनुसन्धान भइरहेको रुपन्देहीको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *