कांग्रेस संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी

डिसी नेपाल
१ असोज २०७९ ११:५३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसिरहेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो ।

बैठकमा शेखर–गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका नाममा अरुदललाई दिने षडयन्त्र गरिएको दिलेन्द्र बडुको भनाइ छ । बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल हुने बताएका छन् ।

शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति लगायत बैठकमा उपस्थित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *