संसदमा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै

डिसी नेपाल
१ असोज २०७९ १२:४८

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ । आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *