ओलीले संसद विघटन गरेको स्वीकारेनन्–प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै उनले ओलीले निर्वाचनलाई परमादेशको संज्ञा दिएपछि प्रचण्ड ओलीप्रति आक्रोशित भएका हुन्।
प्रचण्डले भने, ‘संविधान सभाबाट संविधान घोषणा गरिसकेपछि त्यसबाट राजनीतिक स्थायित्वको अपेक्षा थियो। तर, त्यस्तो हुन सकेन। संविधान सभा घोषणापछि ५ बर्ष सदन सुचारु गरेर समृद्धिको यात्रामा अघि बढ्ने अपेक्षा गरेका थियौँ। जनता र सदन सबैको तर दुभार्ग त्यस्तो हुन सकेन। तीन वर्ष नपुग्दै संविधानको मर्म अनुसार सरकार अघि जान सकेन।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment