सुन्दर दृश्यमा रोमाञ्चक भिडियो ‘भन कति माया गर्छाै मलाइ’

डिसी नेपाल
२ असोज २०७९ १३:५३
72
Shares

काठमाडौँ। ‘भन कति माया गर्छौ मलाइ’ बोलको गीतको भिडियो बेलायतबाट रिलिज गरिएको छ। उत्तम जंग लिम्बू र दीपा लामाको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन्।

बैंशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडी जसले एक अर्कालाई कति माया गर्छाै मलाइ भनी, तिमी मेरो शितल जुन र बिहानको किरण हौ जस्ता उपमा दिएर एक अर्काको प्रेममा परेका दृश्यहरु भिडियोमा देख्न पाइन्छ।

भिडियोमा मोडलद्धय पदम गुरुङ र रिया पुन गुरुङको प्रेम रोमान्सले भरिएको प्रस्तुती जति हेर्‍याे उति हेरिरहुँ जस्तो देखिन्छ।

युवा निर्देशक श्रेष्ठको कमालको छायांकन पनि भिडियोको तारिफयोग्य अर्को पक्ष हो। निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द शृजना बिनोद गुरुङका हुन् भने गीतमा संगीत उत्तम जंग लिम्बूले भरेका छन्।

संजय शाहको एरेन्ज रहेको गीतमा बिकाश धमलाको कलर रहेको छ भने दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ । जसमा मेकअप पनि कोरियोग्राफर दीपिकाकै रहेको छ। जसमा सह छायांकन गहेन्द्र शाक्यको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *