नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक, हिमालमुनि देखिए अमिताभ
काठमाडौं। नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ।
राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ।
नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन्। उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन्।
फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन्। नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो। सिनेमाले मित्रताकाे कथा भन्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment