अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

डिसी नेपाल
५ असोज २०७९ ८:१८

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो।

‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *