एक वर्षपछि अरमानले पाए जमानत

डिसी नेपाल
५ असोज २०७९ १०:०८

मुम्बई। बलिउड अभिनेता अरमान कोहलीले लागुऔषध मामलामा करिब एक वर्षपछि जमानत पाएका छन्। एक वर्षयता जेलमा रहेका उनले जमानत पाएका हुन्।

एनसीबीले गत वर्ष अरमानको घरबाट १ दशमलब २ ग्राम कोकिन बरामद गरेको थियो। यो मामलामा बम्बई हाईकोर्टले मंगलबार फैसला सुनाउँदै उनलाई जमानत दिएको हो। उनले एक लाख रुपैंयाँ धरौटी बुझाएपछि जमानत पाएका हुन्।

यद्यपि यही मामलामा पक्राउ परेका अन्य दुई व्यक्ति करीम धनानी र इमरान अन्सारीले यसअघि नै जमानत पाइसकेका छन्। अरमानले पक्राउ परेपछि कैयौं पटक जमानताका लागि निवेदन दिएका थिए। तर अदालतले भने यसलाई अस्वीकार गर्दै आएको थियो।

अरमानलाई ‘बिग बोस ७’ को समयमा पनि पक्राउ गरिएको थियो। शोकी प्रतिष्पर्धी सोफियाले उनीविरुद्ध कुटपिट गरेको आरोप लगाएकी थिइन्। सोफियाले यौन उत्पीडनको आरोप पनि लगाएकी थिइन्। यद्यपि उनलाई प्रहरी पक्राउ गरे पनि जमानतमा छोडिदिएको थियो। अरमानले ‘जानी दुश्मन’, ‘कहर’, ‘जुआरी’, ‘एलओसी करगिल’ जस्ता फिल्ममा अभिनय गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *