डिभोर्सपछि सामन्थालाई गम्भीर रोग

डिसी नेपाल
५ असोज २०७९ १०:३३
5.1k
Shares

काठमाडौँ। दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन्। अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन्। यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन्।

उनलाई छालासँग सम्बन्धित् रोग छ। जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ। यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ। यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन्।

अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन्। उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

उनी केही समयअघि नयाँ फिल्म ‘खुशी’को सुटिङमा व्यस्त थिइन्। तर यो रोगका कारण उनले सुटिङ बिचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन्। फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *