दिन दहाडै गोली हानी हत्याको श्रृंखलाबद्ध रहस्यमय घटना कहिले सम्म ?

सुरेश तामाङ
५ असोज २०७९ १२:४२

काठमाडौं। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार बेलुका गोली चल्यो।

आफ्नै घर अगाडि गाडी रोकेर ओर्लिए लगत्तै लाल मोहम्मदलाई लखेटी-लखेटी गोली हानिएको थियो। घटनामा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल लगियो तर उनीलाई चिकित्सकले मृत घोषित गरे।

प्रहरीले घटनामा संलग्न ३ जान रहेको बताइएको छ। उनलाई गोली हान्नेलाई अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार त्यसमध्ये १ जना बसेको मोहम्मदको घर नजिकैको कोसीपारी गेस्ट हाउस एन्ड होटेलमा ३ दिन अगाडि जितेन खानको नाममा बसेको देखिएको छ।

उनी भारतीय जाली नोटको कारोबारमा संलग्न गरेको समेत खुलेकाको छ। उनी यसअघि इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका थिए। उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारको हत्या गरेका थिए।

पतुवारको हत्या आरोपमा मोहम्मदसहित ३ जना पक्राउ परे। मोहम्मद दोषी ठहर भएर जेल परे। जन्मकैदको फैसला भएका उनी ९ वर्ष कारागारमा बसेर रिहा भएका थिए।

उनी रिहा भएपछि गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ चलाएर बसेका थिए। उनी बजार गएर गार्मेन्टको सामान ल्याउँदै गर्दा घर अगाडि गाडी रोकेर गाडिबाट ओर्लदै गर्दा गोली हानिएको थियो।

उनको हत्या यसअघि नेपालमा घटेका घटनाहरुसँग मेल खाने खाले भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै बताउँछन्।

दिन दहाडै बजारमा गोली हानी हत्या भएकाहरु पूर्वमन्त्री मिर्जादिलसाद बेग, जमिम शाह, फैजन मोहम्मद, खुर्सिद आलमको घटनासँग अघिल्लो घटनालाई जोडिर हेरिनु पर्ने पूर्व डिआईजी हेमन्त मल्लले बताए।

‘मोहम्मदको हत्या यसअघि भएको हत्या घटनासँग मिल्दो जुल्दो छ। यसलाई पनि महिलाकैसँग जोडिएर हेरिनु पर्छ’, उनले भने। दिन दहाडै गोली हानी भएको हत्या र हत्या प्रयासमा मुख्य योजनाकार पक्रिँदैनन्।

प्रायजसो घटना रहस्यमय नै बनेका छन्। यस घटनाका साथै अन्य घटना केही न केही आतंकवाद र भारतीय जाली नोट जस्ता भारतविरोधी गतिविधि विरुद्धसँग जोडिएको देखिन्छ।

यसमा अप्रत्यक्ष रुपमा भारतीय खुपिया एजेन्सी ‘रअ’ को हात रहेको जानकारहरु बताउँछन्। यस्ता घटनालाई अन्तरदेशीय अपराधको शृंखलाको संज्ञा दिइएको छ।

२०५५ सालदेखि नै नेपालमा अन्तरदेशीय अपराधको शृंखला चल्दै आएको देखिन्छ। १५ असार २०५५ मा पूर्व राज्यमन्त्री मिर्जादिलसाद बेगको हत्या भएको थियो। सिफलस्थित घरकै आगँनमा गोलीको शिकार भएर मारिए।

तर, उनको हत्याको रहस्य अहिलेसम्म बाहिरिन सकेको छैन। मिर्जादिलसाद जस्तै यसअघि आधा दर्जन बढी यस्तै घटना भएको थियो। त्यसता ठूला र रहस्मय हत्या घटनाको फेहरिस्त यस्तो छः

सञ्चार उद्यमी जमिम शाह हत्या काण्ड

२४ माघ २०६६ मा लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या भयो । उनको हत्या भएको यत्तिका वर्ष बिते पनि घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ। घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन्।

प्रहरीले तत्कालीन सइ प्रकाश क्षेत्री, हतियार व्यवस्थापन तथा सुटरलाई भगाउन भूमिका खेल्ने लक्ष्मण धमला र प्रकाश खड्का, गिरोहलाई सहयोग गर्ने पूर्वडिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो। पौडेल अझैसम्म फरार छन् । उनकै कार्गाे अफिसलाई आपराधिक समूहले हतियार लुकाउन प्रयोग गरेको थियो।

युनुस अन्सारीको हत्या प्रयास

२६ फागुन ०६७ मा कन्द्रीय कारागारमा गोली चल्यो। कारागारमा रहेका युनुस अन्सारीमाथि लक्षित गर्दै गोली चलेको थियो।

नक्कली भारतीय रुपैयाँको कारोबार अभियोगमा उनी केन्द्रिय कारागारमा सजाय भोगिरहेका थिए। भारतीय नागरिक मनमित सिंहले २६ फागुन ०६७ मा जेलमै गोली प्रहार गरेका थिए। तर, संयोगवश उनी बाँच्न सफल भए।

फैजान अमहद हत्याकाण्ड

९ असोज २०६८ मा घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको गोली हानी हत्या भएको थियो। यसमा पनि जमिमको हत्या गर्ने समूहको संलग्नता देखिएको थियो।

यस हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। तर, यी सबै हत्याकाण्डमा भारतीयको संलग्नता रहेको निचोड नेपाल प्रहरीले निकालेको थियो ।

खुर्सिद आलम हत्या काण्ड

२०७५ असोजमा खुर्सिद आलमको हत्या भयो। खुर्सिदले मुजाहिद्दिनका ४ लडाकुलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको आरोप पनि लागेको थियो। राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएको खुलेको थियो।

उनीमाथि मुम्बईसहितका विभिन्न स्थानमा भएका बम आक्रमणमा संलग्न भएको आरोप भारतीय पक्षले लगाएको थियो। उनी स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालक समेत थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *