दुई जनाकाे शव फेला

डिसी नेपाल
५ असोज २०७९ १२:४५
32
Shares

धनगढी। कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे।

प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन्।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन्। घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए। बडेलाको टाउको र खुट्टामा चोट लागेका छ।

यसैगरी, धनगढी-१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएकाे प्रहरीकाे भनाइ छ।

छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए। अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएकाे प्रहरी प्रवक्ता जोशीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *