लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या

डिसी नेपाल
६ असोज २०७९ ९:१३
884
Shares

मुम्बई। फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ। भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन्। बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन्। अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन्।

यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन्। फिल्मप्रति सबैको आशा थियो। यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मनपराएका थिए। तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन। जसकारण फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल रह्यो।

यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर थियो। उनलाई ‘लाइगर’ अघि धेरै फिल्मबाट अफर आएको थियो। उनलाई ‘एनटीआर ३०’ को पनि अफर थियो। तर उनले त्यसमा स्वीकृति जनाइनन्। फिल्म ‘लाइगर’ हिट हुने र त्यसपछि मोटो पारिश्रमिक लिएर अर्को फिल्ममा अभिनय गर्ने अनन्याको योजना थियो। उनी फिल्म हिट हुनासाथ चार करोड पारिश्रमिक माग्ने सोचाईमा थिइन्। तर उनले सोचेजस्तो वास्तविकतामा भएन।

फिल्म पूर्ण रुपमा बक्सअफिसमा असफल रह्यो। फिल्म फ्लप भएपछि अभिनेत्रीले पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन्। उनी नयाँ फिल्मका लागि २ करोड पारिश्रमिक लिने योजनामा छिन्। तर उनलाई अहिलेसम्म कुनै साउथ फिल्मबाट अफर आएको छैन।

फिल्म निर्माताहरु अनन्याको अभिनयबाट खासै प्रभावित हुन सकेका छैनन्। यहीकारण उनलाई कसैले पनि फिल्मको अफर गरेका छैनन्। उनलाई यसअघि अफर गरिएका फिल्मका निर्माताले उनको विकल्पमा अन्य अभिनेत्रीलाई खोज्न थालिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *