डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

डिसी नेपाल
६ असोज २०७९ १०:२८
44
Shares

लसएन्जल्स। हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ। सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ।

हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो। जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन्।

‘म त्यो क्षणलाई भुल्न सक्दिनँ। जब मलाई फिल्मको टिमले फोन गरे। म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो। मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो। जुन समयमा जिमको काम सकेर भतिजीको डाइपर फेरिरहेको थिएँ। यसअघि मैले डाइपर हेर्दा यति धेरै इन्जोय गर्ने अवसर पाएको थिइनँ,’ उनले हाँस्दै भनिन्।

‘अवतारः द वे अफ वाटर’ मा जो सलदानाका अलावा केट विन्सलेट, सेम वर्थिंगटन, स्टीफन लैंग, मिशेल रोड्रिग्ज, विन डीजल जस्ता कलाकारको अभिनय छ । जेम्स क्यामरुनको यो फिल्म १६ डिसेम्बरमा रिलिज हुँदैछ। फिल्म यसपटक समुन्द्र तटको आसपास सुट गरिएको छ। फिल्मको दोस्रो भर्सन १९ सय करोडमा निर्माण गरिएको छ।

१८ सय करोडमा निर्माण भएको ‘अवतार’ ले विश्वव्यापी रुपमा २० हजार ३ सय ६८ करोड रुपैंयाँको कमाई गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *