स्विम सुट राउण्डमा रमाए नेक्स्ट सुपर मोडल नेपाल

डिसी नेपाल
६ असोज २०७९ ११:१३
744
Shares

काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरूले ‘स्विमसुट राउण्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन्।

ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक अदा प्रस्तुत गरे।

८ असोज शनिबार हुने फिनालेमा ममिता थापा, अर्बिन नेपाल, आरती सराफ, सन्दीप साह, मनिला राना, शैलेश मगर, सुनेना तामाङ, सन्जय पुरी, पारु भट्टराई, अनिश तामाङ, सचिता चौधरी, अग्नीश्री विश्वकर्मा, सुस्मिता राई, विनोद दवाडी, गीता क्षेत्री, सन्जु केसी, मनिषा बिडारी प्रतिष्पर्धी छन्।

त्यस्तै समीर आचार्य, राबिया नगरकोटी, प्रवलकृष्ण शिंखडा, साक्षी बास्तोला, आयुष न्यौपाने, संगम बस्नेत, वसन्त पाण्डे, नम्रता शाही ठकुरी, श्याम गुरुङ, सन्तोषराज पन्त र आयुष मिश्रा छन्।

आयोजकले नेपाली युवायुवतीहरुलाई आफ्नो आत्मविश्वास, जीवन्तता देखाउने मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *