शुक्रबारबाट प्रेमगीत ३, भारतीय सिनेमाघरमा हाउस फुल
काठमाडौं। नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ। प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए।
केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए। केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment