काठमाडौं महानगरले भत्कायो वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना (फोटो फिचर)
काठमाडौँ। काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ। बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो।
संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ। बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो।
अनधिकृत संरचनामा फार्मेसी रहेको थियो। पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो।











भिडियो पनि हेर्नुहोस्:
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment