ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

डिसी नेपाल
७ असोज २०७९ १०:०४

मुम्बई। अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ। फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ।

फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ। हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन्। अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन्।

‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो। त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन। उनले फिल्म निर्माणका लागि केही पनि लिएनन्। मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन । मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’,उनले भनेका छन्।

फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ । यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्स्न गरिसकेको छ। शुक्रबार परेको नेसनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *