विक्रम वेधामा वास्तविक पेस्तोल
काठमाडौँ। अभिनेता ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु फिल्मको व्यग्र प्रतिक्षामा छन्। यो फिल्ममा पहिलोपटक ऋतिक र सैफ स्क्रिन सेयर गर्दैछन्।
फिल्ममा ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा देखिँदैछन्। फिल्मकै लागि सैफले धेरै मेहनत गरेका छन्। उनले वास्तविक पेस्तोलसँगै फिल्मको सुटिङ पुरा गरेका छन्।
फिल्मका निर्देशक पुष्कर–गायत्रीका अनुसार चरित्रमा आफूलाई ढाल्नका लागि सैफले वास्तविक बन्दुकका साथ ट्रायल सुटिङ पुरा गरेका थिए। एक दबंग प्रहरी अधिकृतको भूमिका निभाउनका लागि उनले शारीरिक हाउभाउमा धेरै ध्यान दिएका छन्। जुन कुरा दर्शकले फिल्म हेरेर अनुभव लिनेछन्।
यो फिल्म सन् २०१७ मा रिलिज तमिल फिल्म ‘विक्रम वेधा’ को अफिसियल हिन्दी रिमेक हो। तमिल फिल्ममा आर माधवन प्रहरी अधिकृत ‘विक्रम’ र विजय सेतुपति ग्याङस्टार ‘वेधा’ को भूमिकामा थिए।
फिल्मले तमिल बक्सअफिसमा बम्पर कमाई गरेको थियो। ११ करोड बजेटमा बनेको फिल्मले ७० करोडको व्यापार गरेको थियो। फिल्म सेप्टेम्बर ३० मा रिलिज हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment