कमेडियन बुद्धि तामाङले कसे लगनगाँठो

डिसी नेपाल
७ असोज २०७९ १२:११

काठमाडौँ। हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्। उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन्। टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन्।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *