स्व. जयानन्द लामाको अन्तिम चलचित्र “अभियान” असोज १० गते प्रदर्शन हुँदै

काठमाडौँ। स्व. जयानन्द लामाको अन्तिम चलचित्र “अभियान”को विशेष प्रदर्शन हुने भएको छ। कलाकार दावा फिन्जो तामाङको अभिनय रहेको तामाङ कथामा आधारित नेपाली भाषाको सो चलचित्र असोज १० गते राष्ट्रिय नाचघर जमलमा दिउँसो २ बजे प्रदर्शन हुन लागेको हो।
सो कार्यक्रममा सम्मानित नेपाली चलचित्र कलाकारहरु महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर ,नायिका रेखा थापा, हास्य कलाकार बुद्दी तामाङ, नायक तथा चर्चित गायक यस कुमार, नायिका पुजा शर्मा आदि कलाकारको उपस्थिति रहने छ। साथै समाज सेवीहरु र तामाङ चलचित्र तर्फबाट नायक,निर्देश, नायिकाहरुको विशेष उपस्थित रहने समाज सेवीहरु र तामाङ चलचित्र तर्फबाट नायक,निर्देश, नायिकाहरुको विशेष उपस्थित रहने चलचित्रका नायक दावा फिन्जो तामाङले जानकारी दिए।
उक्त चलचित्र प्रदर्शन चलचित्र संगीतकर्मी सङ्ग रसुवा र नुवाकोटको आयोजना तथा ताम्सालिङ टि भि को सह- आयोजनामा हुन लागिएको पनि उनले बताए।
Facebook Comment