विद्यार्थी र सर्वसाधारणको आकर्षक स्थल वनस्पति उद्यान

डिसी नेपाल
७ असोज २०७९ २३:०४

गोदावरी । ललितपुरमा रहेको राष्ट्रिय वनस्पति उद्यान विद्यार्थी र सर्वसाधारणको अवोलकनको लागि उपयुक्त स्थल बनेको छ । अघिल्ला दुई वर्षमा कोभिडको कारणले आगन्तुक घटेपनि कोभिड सहज बन्दै गएपछि आगन्तुकको सङ्ख्या अहिले क्रमशः बढ्दै गएको छ । यो उद्यान वर्षेभरि खुल्ला रहन्छ ।

राष्ट्रिय वनस्पति उद्यानका सूचना अधिकारी गौरव परमारले आर्थिक वर्ष २०७७\२०७८ मा आगन्तुकबाट रु ७८ लाख ३६ हजार सात सय ५८ राजश्व उठेको बताए । कोभिडको कारणले पर्यटक कम आएको हुनाले राजस्व कम उठेको उनको भनाइ छ । गत भदौमा भने रु १८ लाख आठ हजार नौ सय ७१ राजश्व उठेको जनाइएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको यो उद्यान सन् १९६२ मा स्थापाना भएको थियो । सदावहार वनजस्तो प्राकृतिक वातावरण रहेको यहाँ चिलाउने–कटुस, लालीगुराँस र उत्तिसलगायतका विभिन्न प्रजातिका वनस्पति रहेका छन् । खोला र चराचुरुङ्गीले गर्दा वनस्पति उद्यानलाई झन् रमणीयस्थल बनाएको छ ।

उपत्यकाको अग्लो (२,७६५ मिटर) फुल्चोकीे डाँडाको फेदमा रहेको यो काठमाडौँबाट १६ किलोमिटर दक्षिण पूर्वमा पर्छ । यो उद्यान नेपालको सबैभन्दा पुरानो र ठूलो वनस्पति उद्यान रहेको सूचना अधिकारी परमारले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *