एमाले अध्यक्ष ओली जनकपुरमा

डिसी नेपाल
८ असोज २०७९ १२:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आज शनिबार जनकपुर पुगेका हुन् । एमालेमा प्रवेश गराउन अध्यक्ष ओली जनकपुरधाम आइपुगेका हुन् ।

धनुषाको तिनकोरियामा बृह्त पार्टी प्रवेश कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीबाट पूर्वमन्त्री पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई सहित अन्य नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ ।

ओली जनकपुरधाम विमानस्थलबाट सिधा जनकपुर रेल्वे स्टेशन हिडेका छन् । त्यहाँबाट नेपाली रेल चढेर ओली सहितका नेता कार्यकर्ता महिनाथपुर स्टेशनसम्म पुग्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *